image
image
ऋतिक रोशनको फाइटर अनलाइनमा लिक, निर्मातालाई तनाव

ऋतिक रोशनको फाइटर अनलाइनमा लिक, निर्मातालाई तनाव

काठमाडौं । दीपिका पादुकोण र ऋतिक रोशनको जोडी पहिलो पटक फिल्म फाइटरमा देखिएका छन् । दुवै पहिलो पटक पर्दामा रोमान्सका साथ उत्कृष्ट एक्सन गर्दै देखिएका छन् । चलचित्र ‘फाइटर’ बिहीबारबाट हलमा रिलिज भएको हो,  जसले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । फाइटरले विश्वभर २५ करोड रुपैयाँभन्दा बढीमा ओपन गरेको छ। 

यसैबीच, ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरका साथै फाइटरका निर्माताहरूका लागि नराम्रो खबर आएको छ। यो फिल्म अनलाइन लिक भएको भारतीय मिडिया एनडिटीभीले जनाएको छ ।
 
फाइटरलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । यसअघि उनले शाहरुख खानसँग फिल्म पठान बनाएका थिए । पठान पनि रिलिज भएलगत्तै अनलाइन लीक भएको थियो। अहिले ऋतिक रोशनको फाइटरसँग पनि यस्तै भएको छ । फाइटर अनलाइन रिलिज भएको केही समय पछि नै लिक भएको छ। जसले फिल्मको बक्स अफिस कलेक्सनमा प्रभाव पार्ने निश्चित छ । यति मात्र होइन, फाइटरका केही रेकर्ड गरिएका संस्करणहरू पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
 
फिल्म फाइटरले बक्स अफिसमा राम्रो ओपनिङ गरेको छ तर पठानको रेकर्ड तोड्न भने टाढा छ । ऋतिक रोशनको फिल्म  ‘फाइटर’लाई भारतमा मात्र नभई विश्वभर नै मन पराइएको छ । यसको स्टाइल फिल्मको अग्रिम बुकिङमा पनि देखिएको छ । यस्तो अवस्थामा फाइटरले विश्वभर करिब २५–२८ करोड रुपैयाँ कमाएको छ । यद्यपि, यी अझै पनि अनुमानित तथ्याङ्कहरू हुन्। तर भारतको बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने पछिल्लो तथ्यांक अनुसार ऋतिक रोशनको फिल्मले पहिलो दिन मात्र २२ करोड कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।