image
image

प्रविधि र लगानी ल्याएर स्वदेशमै वस्तु उत्पादनमा प्रधानमन्त्रीको जोड

काठमाडौं । विदेशबाट लगानी र नयाँ प्रविधि ल्याएर नेपालमै वस्तु उत्पादन गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिनुभएको छ । बिहीवार नेपाल चेम्बर अफ कमर्शको ७०औं वार्षिक साधारणसभामा उहाँले विदेशबाट उत्पादित वस्तु होइन, प्रविधि र लगानी मात्र आयात गर्नुपर्ने बताउनुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीलाई उत्पादन भइसकेको सामान आयात नगर्न आग्रह समेत गर्नुभयो । ‘अत्यावश्यक बाहेक अन्य वस्तु आयात गर्नुहुँदैन,’ उहाँले भन्नुभयो, ‘अन्य सामान आफै आयात गरेर विदेशमा निर्यात गर्नुपर्छ ।’ कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले नेपाल चेम्बरसहितका निजीक्षेत्रका संस्थाहरूका माग तथा चासोलाई नीति निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बेला बेला सरकार गलत बाटोमा हिँडिदिनाले निजीक्षेत्र समस्याग्रस्त हुन पुगेको बताए । कोभिडपछि हालसम्म पनि मुलुकको अर्थतन्त्र सन्तोषजनक अवस्थामा पुगिनसेको भन्दै उनले नीतिगत सहजीकरण गरिदिन सरकारसँग आग्रह गरे ।
-आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।