image
image
मुगुको सोरुमा भाइरल ज्वरोः एउटै वडाका ३ जनाको मृत्यु

मुगुको सोरुमा भाइरल ज्वरोः एउटै वडाका ३ जनाको मृत्यु


काठमाडौं । हिमाली जिल्ला मुगुको सोरुगाँउपालिका–६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण पछिल्लो एक सातामै ३ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण एक सातामै ३ जनाको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले बताए । उनका अनुसार भाइरल ज्वरोका

कारण ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको ज्यान गएको हो । ‘सुरुमा रुघाखोकी लागेको थियो । नजिकै मेडिकलबाट औषधि ल्याएर खुवाउँदा पनि ज्वरो निको नभएपछि जिल्ला अस्पताल लैजाँदै थियौँ,’ कुसुमका ससुरा सलबहादुर ढोलीले भने, ‘अस्पताल पु¥याउनै पाएनौँ ।’ कुसुम उनकी माइली बुहारी हुन् ।

मृतक तीनै जनामा एकै किसिमको लक्षण देखिएको छ । ज्वरो आउने, रुघाखोकी, जिउ दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख धामीले बताए । उनका अनुसार गाउँपालिकाका ९ वटै वडामा उस्तै प्रकृतिका लक्षण देखिएका बिरामी बढ्न थालेका छन् । वडा नं.६ र ७ मा प्राय सबै घरैपिच्छे भाइरल ज्वरोका बिरामी छन् ।

पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च लगायतका दर्जनबढी बस्तीमा भाइरल ज्वरो फैलिएको छ । बिरामीहरुमा ज्वरो आउने, रुघा खोकी, जिउ दुख्ने, खाना खान मन नलाग्ने, श्वास फेर्न गारो हुने, टाउको दुख्ने र नाक मुख सुख्खा हुनेलगायतका लक्षण देखिएको छ ।

‘सुरुमा हामीलाई पनि योबारे जानकारी आएन । सामान्य ज्वरो र रुघाखोकी त हो भनेर प्राय सबै घरमै बस्नुभएछ । हामीले ७ गतेमात्र पालिकामा विशेष गरी वडा नं। ६ र ७ मा धेरै जना एउटै प्रकृतिका लक्षण भएका बिरामी बढे भन्ने खबर पायौं,’ स्वास्थ्य शाखा प्रमुख धामीले भने, ‘अहिले गाउँभरि बिरामी परेका छन् । हामीले पनि उपचारलाई प्राथमिकतामा राखेर काम थालेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।