image
image
पीएम कपः कर्णाली प्रदेशमाथि बागमतीको जित

पीएम कपः कर्णाली प्रदेशमाथि बागमतीको जित


काठमाडौं । बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । जारी पीएम कप अन्तर्गत सोमबार सम्पन्न खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको लक्ष्य पछाएको बागमती प्रदेशले १३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

यस अघि मुलपानी मैदानमा कर्णालीले पहिला ब्याटिंग गर्दै २४।२ ओभरमा केवल ७८ रनमा अल आउट भएको थियो । कर्णाली प्रदेशका लागि अर्जुन घर्तिले सर्बाधिक २३ रन बनाए भने निश्चल रावलले १३ रन बनाएका थिए । कर्णालीका अन्य ब्याट्सम्यानले यस खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा बागमतीका बलर रिजन ढकालले सर्बाधिक ५ विकेट लिएका थिए । त्यस्तै क्रिजन गुरुङले २ विकेट लिए भने प्रतिश जिसी, सुर्य तामाङ र विपिन आचार्यले एक एक विकेट लिएका छन् ।

यो जितपछि बागमती प्रदेशको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशले भने तेस्रो हार बेहोरेको छ । ५ खेलमा ४ अंक भएको कर्णाली सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।