image
image
०४६ को परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेको छ : प्रकाशमान सिंह

०४६ को परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेको छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ को परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले  आयोजना गरेको भेटघाट कार्यक्रम नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय बिराटनगरमा बोल्दै नेता सिंहले संविधानसभाबाट बनेको संविधान आम नागरिकले उपयोग गर्ने अवस्था बनाउनु कांग्रेसको जिम्मेवारी भएको बताए ।

संघीय लोकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै उनले संविधानले दिएका अधिकार जनतामा पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए  ।

उनले परिवर्तन विरोधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजोर पार्न चाहिरहेको भन्दै पार्टी बलियो बनाउनुपर्नेमा जोड दिँदै अस्वस्थ्य प्रतिस्पर्धाले कहीँ नपुगिने बताए ।

सिंहले कोशी प्रदेशबाट उमेदवार रहेका गठबन्धन उमेदवार जिताउनका लागि लाग्न आग्रह पनि गरे । उनले कांग्रेस उमेदवार कृष्ण सिटौलालाई भेटेरै कोशी प्रदेशको अवस्थाबारे जानकारी लिँदै जितको शुभकामना समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।