image
image
यू १९ विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले गर्यो विजयी सुरुआत

यू १९ विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले गर्यो विजयी सुरुआत


काठमाडौं । यू १९ विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ । समूह बीमा रहेको दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले पराजित गरेको हो । वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ नको बलियो स्कोर खडा गरेको थियो ।

 दक्षिण अफ्रिकाका लागि डेभोन मराइसले सर्वाधिक ६५ रनको इनिङ खेले । कप्तान जुआन जेम्सले ४७ रन, डेभिड टाइगरले ४४ र एल प्रिटोरियसले ४० रनको योगदान दिए । वेस्ट इन्डिजका लागि नाथन सीलीले सर्वाधिक ३ विकेट लिए । नाथन एडवर्ड्स र डिसन जेम्सले समान २–२ विकेट लिए । लक्ष्य पछ्याएको वेस्ट इन्डिजको टोली ४०.१ ओभरमा २५४ रनमा सिमित भयो । 

वेस्ट इन्डिजका लागि ज्वेल एन्ड्रयुले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । उनले ९६ बलमा १४ चौका र तीन छक्का प्रहार गर्दै १३० रन बनाए । तर, अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतक पनि बनाउन सकेनन् र एकपछि अर्को गर्दै आउट भए जसका कारण टोली हारेको थियो । दक्षिण अफ्रिकाका लागि क्वेना माफाकाले सर्वाधिक ५ विकेट र रिले नोर्टनले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।