image
image
तस्करीका मोबाइल सेट चल्न नदिन एमडीएमएस आवश्यक छ : मन्त्री शर्मा

तस्करीका मोबाइल सेट चल्न नदिन एमडीएमएस आवश्यक छ : मन्त्री शर्मा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विदेशबाट तस्करी भएर भित्रिएका मोबाइल सेट चल्न नदिन ‘मोबाइल डिभाइस म्यानेमेन्ट सिस्टम’ (एमडीएमएस) आवश्यक रहेको बताएकी छन् । सिंहदरबारमा बिहीबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले तस्करीबाट आएका मोबाइल नचल्ने बनाउँदा राजस्व वृद्धि हुने बताइन् । 

उनले भनिन्, ‘एमडीएमएस हामीले लागु गर्ने विषय नै हो भनेर बुझेकाले यो प्रक्रिया अगाडि बढाएका हौं । वैदेशिक रोजगारमा गएर आउने श्रमिकलाई एउटा मोबाइल अतिरिक्त ल्याउन दिने भनेर मन्त्रिपरिषद्बाट निर्णय भएको छ । यसमा खास रोक्न खोजेको के हो भने, जुन तस्करीबाट र अन्य अवैधानीक बाटोबाट आउँछन्, त्यसलाई नियन्त्रण गर्न एमडीएमएस आवश्यक परेको हो । यसले राजस्वको दायरामा पनि वृद्धि हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

खुला सीमा भएका कारण तस्करी बढेको भन्दै यसलाई नियन्त्रण गर्न एमडीएमएस लागु गर्न खोजिएको उनको भनाइ थियो । एमडीएमएसका लागि आवश्यक स्रोत र साधन खरिदको प्रक्रियाले व्यवहारिकता नपाएको भन्दै उनले दुरसञ्चार प्राधिकरणमाथि छानबिन र कारबाही गर्ने अधिकार सञ्चार मन्त्रालयको नभएको स्पष्ट पारिन् । 

रास्वपा सांसद सुमना क्षेष्ठले उठाएको सञ्चार मन्त्रालयअन्तर्गतका निकायको अनुगमन र कार्यसम्पादन मूल्यांकन किन नगरिएको भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भनिन्, ‘हामीले सञ्चार मन्त्रालय अन्तर्गत रहेका निकाय तथा एजेन्सीको हरेक वर्ष अनुगमन र मूल्यांकन गरेकै छौं । कार्यसम्पादनमा कमजोर भएका विषयहरुलाई के गर्ने भन्ने अन्योल छ । तर, हामीले सम्बन्धित ठाउँमा रिपोर्टिङ गर्नुपर्ने छ । ’संविधानअनुसार कारबाहीका लागि अख्तियार र अदालतको स्पष्ट व्यवस्था रहेको उनले उल्लेख गरिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।