image
image
विजय र रश्मिका अहिले लिभिङमा बस्दै, विवाह अनिश्चित

विजय र रश्मिका अहिले लिभिङमा बस्दै, विवाह अनिश्चित


काठमाडौं । अभिनेता विजय देवरकोण्डा र अभिनेत्री रश्मिका मन्दाना दक्षिण भारतीय फिल्मका लोकप्रिय कलाकार हुन् । दुवैजना लामो समयदेखि डेटमा छन् । उनीहरुको भ्याकेसनको तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन्छन् । यो जोडीले चाँडै नै इन्गेजमेन्ट गर्ने चर्चा पनि थियो । उनीहरुले यही फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने कुरा पनि छ । तर दुवैले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

समाचारअनुसार विजय र रश्मिका हाल लिभइन रिलेसनमा छन् । उनीहरु आफ्नो सम्बन्धमा खुशी छन् । दुवैजनाले फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने भनिए पनि कार्यव्यस्तता र आफ्नो करियरमा ध्यान दिनुपर्ने भएकाले अहिले इन्गेजमेन्टलाई केही पर सारेका छन् ।

दुवैले ‘गीता गोविन्दम’ र ‘डियर कामरेड’मा काम गरेका छन् । उनीहरुको अनस्क्रिन क्यामेष्ट्रीलाई दर्शकले निकै मनपराएका छन् ।कामको कुरा गर्दा रश्मिका पछिल्लो पटक ब्लकबस्टर फिल्म ‘एनिमल’मा देखिएकी थिइन् । उनले फिल्ममा रणवीर कपूरको अपोजिटमा अभिनय गरेकी थिइन् ।  फिल्मले विश्वव्यापी रुपमा नौ सय करोडको कमाई गरिसकेको छ । 

उनी हाल अल्लू अर्जुनका साथ फिल्म ‘पुष्पाः द रुल’को सुटिङमा व्यस्त छिन् । यसका अलावा उनको हातमा ‘रेनबो’, ‘द गलफ्रेण्ड’ जस्ता फिल्म छन् ।विजय ‘फेमिली स्टार’ र ‘भीडी १२ मा देखिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।