image
image
राष्ट्रियसभा निर्वाचनः उम्मेदवारलाई आज चुनाव चिह्न दिइँदै

राष्ट्रियसभा निर्वाचनः उम्मेदवारलाई आज चुनाव चिह्न दिइँदै

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी कायम भएका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्ने भएको छ ।आयोगले बिहान १० देखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न प्रदान गरिने जनाएको छ ।

उम्मेदवारहरूमाथि परेका उजुरीमा छानबिन गरी आयोगले हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । जसमा लुम्बिनीमा राप्रपाका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् भने दुईजना विरुद्ध परेको उजुरीमा दाबी नपुगेको भन्दै खारेज गरिएको छ ।

राष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुने २० मध्ये १९ सिटका लागि ५२ जनाले उम्मेदवारी दिएकोमा एकजनाले फिर्ता लिएपछि अब उम्मेदवारको संख्या ५१ रहेको छ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।आगामी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।