image
image
डिप्रेसनको उपचारपछि पनि किन गर्छन् आत्महत्या ? एक अध्ययन

डिप्रेसनको उपचारपछि पनि किन गर्छन् आत्महत्या ? एक अध्ययन

 

काठमाडौं । डिप्रेसन (अवसाद) बाट ग्रसित व्यक्तिहरूले ४ वर्षको अवधिमा आत्महत्या गरेको एक अध्ययनले देखाएको छ । डिप्रेसनले छोएपछि उपचारबाट केही सुधार भएपनि उनीहरुले आत्महत्या गरेको कोरियन फाउन्डेसन फर सुसाइड प्रिभेन्सनले गरेको अध्ययनले स्पष्ट पारेको छ ।

त्यस्ता पीडित व्यक्तिले उपचार पाएपनि आत्महत्याको बाटो रोजेको अध्ययनबाट थाहा भएको उल्लेख छ । पीडित २१० व्यक्तिहरूको अध्ययनपछि प्राप्त तथ्यांकको बृहत् विश्लेषणले यस्तो नतिजा देखाएको बताईएको छ ।

फाउन्डेसनले सन् २०१५ देखि २०२२ सम्ममा परिवारका सदस्य र सहकर्मीसँग अन्तर्वार्ता लिई आत्महत्याको कारण पत्ता लगाउने र सुसाइड नोटको विश्लेषण गरी मनोवैज्ञानिक पोस्टमार्टममार्फत तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।

औषधि उपचार पाएपछि पनि ६ महिनाभित्र ५४ र एक वर्षभित्र ८१ जनाको मृत्यु भएको अध्ययनले देखाएको छ । व्यवसायिक रुपमा असफल भएर आर्थिक तनावमा परेका व्यक्तिहरूले डिप्रेसन उपचारदेखि मृत्युसम्मको छोटो अवधिमा तनाव भने नभोगेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

पीडितहरुले अवसादको लक्षणहरू देखिएपछि मृत्यु हुनुभन्दा तीन महिना अघि निद्रामा कठिनाइ भोगेको पनि बताईएको छ ।‘यी निष्कर्षहरूलाई सम्बोधन गर्न, अवसादको लागि निरन्तर प्रारम्भिक हस्तक्षेपको लागि वातावरण स्थापना गर्न महत्वपूर्ण छ,’ अध्ययनमा संलग्न विज्ञहरुले सिफारिस गरेका छन् ।

अन्वेषकहरूले पीडितहरुको प्राथमिक हेरचाह गर्ने चिकित्सकहरूको लागि आत्महत्या शिक्षा र तालिम जस्ता उपायहरू लागूगर्न र डिप्रेसन क्लिनिकहरूमा बिरामीहरूलाई जोडेर एन्टीडिप्रेसेन्ट पे्रस्क्रिप्शनहरूको तुरुन्त स्वीकृति प्रदान गर्न सुझाव दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।