image
image
खेल क्षेत्रलाई राष्ट्रको वहुआयामिक हितका रुपमा हेर्नुपर्छ :  प्रधानमन्त्री दाहाल

खेल क्षेत्रलाई राष्ट्रको वहुआयामिक हितका रुपमा हेर्नुपर्छ :  प्रधानमन्त्री दाहाल


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको विकास केवल युवाहरुको मात्र मुद्दा नभइ राष्ट्रको वहुआयामिक हितको मुद्दाका रुपमा हेर्न आवश्यक रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित नेपाल वादोरियो कराँते डो संघद्वारा आयोजित ‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत खेलले पुलको काम गर्ने भन्दै खेल क्षेत्रको विकास केवल युवाहरुको मात्र मुद्दा नभइ मुलुकको वहुआयामिक हितकारुपमा हेर्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने,‘खेलकुदको महत्व वहुआयामिक छ । हाम्रो जस्तो विकासशील देशका निम्ती खेलकुद क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आयाम हुनसक्छ । अन्तर्राष्ट्रिय कुटनीतिमा पनि खेल क्षेत्रको निकै ठूलो महत्व छ । विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत खेलाडीहरुले पुलको काम गर्न सक्छन् । त्यसैले खेल क्षेत्रको विकास केवल युवाहरुको मात्र मुद्दा होइन् । राष्ट्रिय वहुआयामिक हितको मुद्दामा हेर्न सक्नुपर्छ ।’ 

उनले नेपालमा सम्भावनाका धेरै क्षेत्रहरू भएको र त्यसमा पनि खेलकुद क्षेत्रमा प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताए । प्रधानमन्त्री प्रचण्डले पछिल्लो दशक खेलको क्षेत्रमा नेपालले गरेको प्रगतिले पनि खेलकुद प्रचुर सम्भावना बोकेको यथार्थलाई पुष्टि गर्ने टिप्पणी गरे । 

उनले भन्, ‘मैंले भन्दै आएको छु । नेपाल अपार संभावनाले भरिपूर्ण देश हो । देशको विकास र प्रगतिका निम्ती हामीसँग प्रशस्त संभावनाहरू छन् । तर, त्यसमध्ये पनि राम्रो संभावना बोकेको क्षेत्र खेलकुद नै हो । पछिल्लो दशक खेलको क्षेत्रमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ ।’ उनले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।