image
image
अम्बरबहादुर बिष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित

अम्बरबहादुर बिष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन् ।सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । 

एकमात्र उम्मेदवारी परेपछि मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेको थियो । एमालेले पनि विष्टलाई समर्थन गरेको थियो । 

विष्टलाई सभामुख बनाउन राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला प्रस्तावक र राप्रपाकै प्रेमराज थाम्सुहाङ समर्थक रहेको प्रस्ताव दर्ता भएको थियो ।गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

२०७९ साउन पुस २६ गते प्रदेश सभाको अधिवेशनमा प्रदेश संरचना खारेज गर्नुपर्ने अभिव्यक्ति दिएका विष्ट निर्विरोध सभामुख चयन भएका हुन् । संघीयता विरोधी नेताका रुपमा उनको परिचय बनेको थियो ।

२०२८ सालमा वाम राजनीतिमा सक्रिय विष्ट २०३३ सालमा जुरोपानी गाउँ पञ्चायत वडा नम्बर ५ को वडाध्यक्ष भएका थिए । २०३२ मा पञ्चायत प्रवेश गरेका उनी जुरोपानी अर्थात हाल गौरादहका उपप्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए । उपप्रधानपञ्चपछि उनी जिल्ला पञ्चायतको सदस्य पनि भएका थिए । 

२०४६ को परिवर्तनपछि गठित पूर्वपञ्चहरुको दल राप्रपाको राजनीतिमा सक्रिय भएका विष्ट झापा जिल्लामा आठ वर्ष पार्टी अध्यक्ष भएर काम गरेका थिए । पछिल्लो समय पार्टीको केन्द्रीय सदस्यको भूमिकामा थिए । तर सत्ता गठबन्धनका नेताहरुले राप्रपा संसदीय दलको नेतासमेत रहेका सिटौलालाई सभामुख बनाउन चाहेका थिए तर सिटौलाले विष्टलाई अघि सारेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।