८ जीबी डेटासहितको स्मार्टसेल सिम निःशुल्क लिन सकिने
काठमाडौं २५ चैत । देशकै तेस्रो मोबाइल सेवा प्रदायक कम्पनीले आकर्षक डेटा सहितको सिमकार्ड निःशुल्क उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्ना स्मार्ट सेन्टरहरुमार्फत यस्तो सुविधा शुरु गर्न थालेको हो ।
स्मार्ट सेलका अनुसार आफ्नो स्मार्टफोन सहित ग्राहक सोयंम आँफै स्मार्ट सेन्टरमा पुग्नुपर्नेछ । जहाँबाट ग्राहकहरुले ८ जीबी डेटा सहितको सिमकार्ड निःशुल्क पाउन सक्नुहुने छ। डेटा सहितको निःशुल्क सिमकार्डका लागि शर्तहरु लागु हुने कम्पनीले बताएको छ ।
हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध भएको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमका अनुसार यस्तो सिमकार्डमा ग्राहकले एक्टिभ गर्ने वित्तिकै दुई जीबी र ५ महिनासम्म एक एक जीबी डेटा र २० मिनेट टकटाइम पाउनु हुने छ।
थप डेटा दोस्रो महिनादेखि पाँच महिनासम्म प्रत्येक रिचार्जमा एक जीबीका दरले प्राप्त हुनेछ भने त्यसका लागि कम्तिमा एक सय रुपैयाँको रिचार्ज गर्नुपर्ने कम्पनीले बताएको छ ।