image
image
बालकुमारी घटनाः निगरानी समितिको निन्दा, दोषीहरूमाथि कडा कारवाही गर्न माग

बालकुमारी घटनाः निगरानी समितिको निन्दा, दोषीहरूमाथि कडा कारवाही गर्न माग


काठमाडौं । जवाफदेहिता निगरानी समितिले ललितपुरको बालकुमारीमा शान्तिपूर्ण प्रदर्शनमा रहेका युवाहरूमाथि प्रहरीको अत्यधिक बल प्रयोग र गोली प्रहारबाट दुई युवाको मृत्यु भएको घटनाप्रति निन्दा व्यक्त गरेको छ । शुक्रबार कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने भन्दै प्रदर्शनमा रहेका युवाहरू र प्रहरीबीच धरपकड हुँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । 

निगरानी समितिका संयोजक चरण प्रसाईंले विज्ञप्ति जारी गर्दै घटनाप्रति घोर निन्दा र भत्र्सना गरेका छन् । ‘शान्तिपूर्ण रूपमा भेला भई माग राख्न पाउने नागरिकको संवैधानिक एवं मौलिक अधिकार हो । नागरिकका जायज मागहरू सम्बोधन गर्नु राज्यको कर्तव्य हो । तर दक्षिण कोरियामा रोजगारीका लागि जान चाहेका व्यक्तिले आवेदन फारम भर्ने माग राख्दा प्रहरी प्रशासनको लापरवाही, चरम दमन तथा घातक गोली प्रहारबाट दुईजना युवकको मृत्यु एवं त्यसक्रममा कैयौं व्यक्ति घाइते भएको घटनाप्रति निगरानी समिति घोर निन्दा एवं भत्र्सना गर्दछ,’ प्रसाईंले विज्ञप्तिमार्फत् भनेका छन् ।

उक्त घटनाले सरकारको भीड नियन्त्रणमा अपनाउनुपर्ने उपाय, संयमता तथा दक्षतामाथि गम्भीर प्रश्न उठेको समितिको ठहर छ । ‘प्रहरी प्रशासनले शान्तिपूर्ण रूपमा उत्रिएका प्रदर्शनकारीमाथि घातक गोली प्रहार गर्नु अनुचित मात्र नभई गैरजिम्मेवारी पनि हो । यस घटनामा संयुक्त राष्ट्रसंघको कानून कार्यान्वयन निकायको बल तथा हतियार प्रयोगका आधारभूत सिद्धान्त तथा नेपाल प्रहरीको निर्देशिका समेतको पालन नगरेको  देखिन्छ,’ समितिले भनेको छ ।
समितिले सरकारको संवेदनहीन शैलीका कारण दुई युवाको बाँच्न पाउने संवैधानिक हक खोसिएको आरोप समेत लगाएको छ । 

समितिले सरकारले घटनापछि छानविन समिति बनाएपनि त्यस्ता समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन नहुने विगतदेखिकै यथार्थ रहेको स्मरण गराएको छ । ‘रोजगारीको खोजीमा रहेका युवाहरूमाथि भएको यस दमन तथा हत्याको निष्पक्ष छानविन गरी दोषीहरूमाथि कडाभन्दा कडा कारवाही चलाई यस्ता गम्भीर घटना नदोहोरिने सुनिश्चितता गर्न र प्रहरी प्रशासनलाई जवाफदेही बनाउन आग्रह छ,’ समितिले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।