image
image
कांग्रेस बैठक– राष्ट्रिय सभामा उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकता दिने

कांग्रेस बैठक– राष्ट्रिय सभामा उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकता दिने


काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छनोट गर्दा अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिने निर्णय गरेको छ । शनिबार राति सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा लामो समयसम्म योगदान पु¥याएका, तर अवसर नपाएका नेताहरूलाई प्राथमकितामा राखेर उम्मेदवार छनोट गर्ने निर्णय गरेको हो । 

बैठकमा सदस्यहरूले पटक–पटक अवसर पाएका नेताहरूले नै राष्ट्रिय सभामा दाबी गरिरहेको भन्दै यसपटक नयाँ अनुहारलाई अवसर दिनुपर्ने विषय महत्वका साथ उठाएका थिए । बैठकले पार्टीमा लामो समयसम्म योगदान गरेर पनि अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

बैठकले आगामी माघ ७ देखि २२ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषयमा समेत सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । कांग्रेसले बैठकका निर्णयहरू सार्वजनिक गर्न आइतबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।