image
image
श्रमजीवीका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्छौं : प्रधानमन्त्री दाहाल

श्रमजीवीका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । सम्पूर्ण श्रमजीवीहरूका निम्ति सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । आज काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सामाजिक न्यायलाई आफूले उच्च महत्व दिएको भन्दै सबै क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने बताएका हुन् ।

आफू नेतृत्वको वर्तमान सरकार सबैभन्दा बढी श्रमिकमैत्री रहेको दाबी उनले गरे । ‘एक वर्षको अवधिमा सबैभन्दा बढी महत्वसमेत यस क्षेत्रलाई नै दिएको छु’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी दिनमा समेत देश निर्माणका आधारभूत र निर्णायक शक्तिका रुपमा रहेका श्रमजीवी वर्ग र उनीहरूका प्रतिनिधि संस्था ट्रेड युनियनहरूले उठाएका विषयलाई अधिकतम सम्बोधन गर्न क्रियाशील रहनेछु ।’

एक वर्षको अवधिमा राजनीतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति, सेवाप्रवाह र सामाजिक न्यायका क्षेत्रमा केही महत्वपूर्ण मानकहरू स्थापित भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

एक वर्षको अवधिमा राजनीतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति, सेवाप्रवाह र सामाजिक न्यायका क्षेत्रमा केही महत्वपूर्ण मानकहरू स्थापित भएको उल्लेख गर्दै उनले भने, ‘तर, यत्तिमै म सन्तुष्ट छैन । मैले पुस १० गते जनताको नाममा सम्बोधन गर्दै आगामी वर्षका लागि केही नयाँ संकल्पहरू सार्वजनिक गरेको छु’ उनले भने, ‘ती संकल्पहरू दृढतापूर्वक कार्यान्वयन गर्दै देशमा आशाको रक्तसञ्चारसहित समृद्धिको आधार तयार पार्नु मेरो प्रमुख प्राथमिकता हुनेछ ।’

उनले सरकारले स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिसकेको भन्दै विदेशमा रहेका नेपाली कामदार एवं श्रमिकहरूको हित रक्षाका निम्ति सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए ।

‘सरकारले स्वदेश तथा विदेशमा रहेका श्रमिकहरू एवं अनौपचारिक क्षेत्रका श्रमिकहरूका निम्तिसमेत निकै महत्वका साथ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिसकेको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस कार्यक्रममा हजारौं रोजगारदाता र लाखौं श्रमिकहरू आवद्ध भइसकेका छन् । अर्कोतर्फ विदेशमा रहेका नेपाली कामदार एवं श्रमिकहरूको हित रक्षाका निम्ति सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।’

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।