image
image
काठमाडौंमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला , प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौंमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला , प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं । संघीयता कार्यान्वयन नभए संघर्ष गर्ने चेतावनी दिएका मुख्यमन्त्रीहरु शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्दैछन् । संघीय सरकारले अझैसम्म अधिकार प्रत्यायोजन नगरेर प्रदेशलाई असहयोग गरेको भन्दै हेटौडामा दबाबका कार्यक्रम तय गरेका मुख्यमन्त्रीहरु भेला सकेलगत्तै काठमाडौं आएका हुन् ।

सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर नभएको भन्दै अब पनि बेवास्ता गरेमा संघर्षमा जाने चेतावनी दिएका हुन् । मुख्यमन्त्रीहरुले प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् ।

प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरण लगायतका माग उनीहरुले अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।