image
image
राष्ट्रिय सभा निर्वाचन, आयोगले गर्यो ७ जना निर्वाचन अधिकृत नियुक्त

राष्ट्रिय सभा निर्वाचन, आयोगले गर्यो ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातजना निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ । विभिन्न जिल्ला अदालतका न्यायाधीहरुलाई सात प्रदेशका लागि निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार १६ पुसदेखि लागु हुनेगरी कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो ।

उनीहरुले १६ पुसमै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमानिर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम समेत रहेको प्रवक्ता पौडेलले जानकारी दिए । आउँदो ११ माघमाम राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।