image
image

काठमाडौँ प्लाजा खाली गर्न अन्तिम चेतावनी

काठमाडौँ। नेपाल ट्रस्टले कन्सेप्ट डेभलपरलाई काठमाडौँ प्लाजा खाली गर्न अन्तिम पटक पुनः आग्रह गरेको छ । सूचना प्रकाशित गरेर खाली गर्न भनिए पनि कन्सेप्ट डेभलपलरले खाली नगरेको भन्दै अन्तिम पटक चैत्र ३१ सम्म म्याद दिएर नेपाल ट्रष्टले अन्तिम सूचना  दिएको हो । त्यसैगरी ३१ गतेसम्म काठमाडौँ प्लाजा भवन खाली नभए कारबाहीको दाएरामा ल्याउने  चेतावनी समेत दिएको छ । 

नेपाल ट्रस्टले भनेको छ कन्सेप्ट डेभलपलरको लिज सम्झौता गत असार २ गते नै सकिएपछि धेरै पटक सूचना जारी गर्दा तथा मौखिक रुपमा जानकारी गराउँदा पनि कन्सेप्ट डेभलपरले भवन खाली गरेको छैन ।यता  ट्रस्टको कार्यालयले उक्त भवन काठमाडौँ महानगरपालिकालाई भवन भाडामा दिने सम्झौता गरेको छ । महानगरपालिकाले १० वर्षका लागि उक्त भवन भाडामा लिन सम्झौता गरिसकेको छ । यहि चैत ३१ गतेसम्म हस्तान्तरण गर्न अन्तिम पटक सूचना जारी गरिएको हो  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।