नेपाल सुपर लिग दोस्रो क्वालिफायरः आज पोखरा र ललितपुरबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आज दोस्रो क्वालिफायरको खेल हुँदैछ ।दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटीबीच भिडन्त हुने भएको छ । खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँनेछ ।
पोखरा पहिलो क्वालिफायरमा पेनाल्टी सुटआउटमा धनगढीसँग पराजित भए पछि दोस्रो क्वालिफायर खेल्न लागेको हो भने ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।
यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ । यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ ।









