image
image
सामाजिक सञ्जालको प्रयोगले निम्त्याएका चुनौतीहरुको सामना गर्नु सबैको साझा दायित्व हो : सञ्चारमन्त्री शर्मा

सामाजिक सञ्जालको प्रयोगले निम्त्याएका चुनौतीहरुको सामना गर्नु सबैको साझा दायित्व हो : सञ्चारमन्त्री शर्मा


काठमाडौं । सामाजिक सञ्जालको प्रयोगले निम्त्याएका चुनौती सामना गर्नु साझा दायित्व भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् ।सञ्चारमन्त्री शर्माले आज काठमाडौंमा आयोजित दोस्रो चाइना नेपाल मिडिया समिटलाई सम्बोधन गर्दै सामाजिक सञ्जालको प्रयोगले, निम्त्याएका चुनौतीहरुको सामना गर्नु सबैको साझा दायित्व भएको भन्दै यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानून निर्माण भइरहेको उल्लेख गरेकी छन् ।

सञ्चारमन्त्री शर्मा भनिन्, ‘सामाजिक सञ्जालको बढ्यो प्रयोगले निम्त्याएका चुनौतीहरुको सामना गर्नु पनि हाम्रो साझा सरोकार हो । नेपालमा यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन निर्माणको प्रक्रिया हामीले अगाडि बढाएका छौ।’ 

मन्त्री शर्माले सम्मेलनमा सुचना प्रविधिले मिडिया क्षेत्रमा ल्याएका अवसर, चुनौती तथा आर्थिक संकुचनका कारण बढ्दो संकट समाधान गर्न चिनिँया मिडियाहरुले के गरिरहेको छ भन्ने कुरा छलफल हुने बताएकी छन् । उनले भनिन्, ‘सूचना प्रविधिका पछिल्ला आविष्कारहरू प्रयोग गर्दै सबै खाले मिडियाहरुलाई राम्रो प्लेटफर्ममा लानु अनिवार्यता भइसक्यो । सूचना प्रविधिले मिडिया क्षेत्रमा ल्याएका अवसर र चुनौती तथा आर्थिक संकुचनका कारण बढ्दो संकट समाधान गर्न चिनिँया मिडियाहरुले के गरिरहेका छन् । पक्कै पनि यो विषयमा सम्मेलनमा सार्थक छलफल हुने छ भन्ने विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।