image
image
एमालेको संकल्प यात्राले जनताको अभुतपूर्व समर्थन प्राप्त गरेको छ : शंकर पोखरेल

एमालेको संकल्प यात्राले जनताको अभुतपूर्व समर्थन प्राप्त गरेको छ : शंकर पोखरेल


काठमाडौं । पार्टीले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प अभियानले जनताको अभुतपूर्व समर्थन प्राप्त गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आज बसेको बैठकमा बोल्दै महासचिव पोखरेलले यात्रामा जनताको अभूतपूर्व समर्थन प्राप्त भएको निश्कर्ष सुनाएका हुन् ।

‘एमालेको संकल्प यात्राले जनताको अभुतपूर्व समर्थन प्राप्त गरेको छ, एक हिसावमा भन्दा जसरी जनताको समर्थन प्राप्त भयो, त्यसहिसाववमा यो यात्राले सिंगो नेपाललाई जोडने काम गरेको छ,’ बैठकमा महासचिव पोखरेलको भनाई उधृत गर्दै प्रेस चौतारी नेपालका अध्यक्षसमेत रहेका विभाग सदस्य गणेश बस्नेतले भने । बस्नेतका अनुसार महासचिव पोखरेलले बैठकमा महासचिव पोखरेलले यात्राको विषयमा समग्र पाटोबारे जानकारी गर्दै विश्लेषण राखेका थिए ।

‘संकल्प यात्रा सोचेभन्दा प्रभावकारी बन्यो । यात्राका प्रभाव मूल्यांकन र सन्देश प्रवाह त्योभन्दा महत्वपूर्ण हुन्छ भन्ने महासचिव पोखरेलको भनाई थियो । ‘आन्तरिक रुपमा जसरी एकतावद्ध एमाले थियो, नेतृत्वप्रति जुन विश्वास थियो, बाहिर अलिअलि बिरोध र आरोपहरु थिए, अर्थात बाहिर सिंगो पार्टीको नेतृत्वलाई सुदृढ गर्न सकिएको थिएन । तर यो यात्राले नेतृत्वप्रति जनताको अगाध आस्था, विश्वास छ भन्ने प्रमाणित गरेको छ,’ महासचिव पोखरेलको भनाई थियो, ‘अव बुझाइमा रहेको भिन्नता तोडिएको छ ।

यात्राको सवभंदा ठुलो सफलता आन्तरिक रुपमा यो हो । पार्टी पनि सुदृढ भको छ नेतृत्वको मामलामा । जनता र कार्यकर्तासंगको सम्बन्ध सुदृढ भएको छ । यात्राका क्रममा आफना मान्यताहरूलाई सफल कार्यान्वयन गरेको छ ।’

महासचिव पोखरेलले यात्राले अवको राजनीतिक एजेण्डा विकास र समृद्धि भएको तथ्यलाई पनि स्थापित गरेको बताए । ‘अबको राजनीतिकको मूल अजेंडा बिकास र समृद्धि हुनुपर्छ भन्ने मान्यता स्थापित भएको छ,’ पोखरेलले भने, ‘यात्रामा नजोडिएकाहरूले पनि यात्राको खुलेर प्रसंशा गरे । तीन साता एमालेको एजेण्डा वरीपरी राष्ट्रिय राजनीतिलाई केन्द्रित गरेको छ ।’

एमालेको संकल्प यात्राले प्रतिगमनकारी र व्यवस्थाविरोधीको योजनालाई धुजाधुजा पारेर च्यातिदिएको निश्कर्ष पनि महासचिव पोखरेलले सुनाएका थिए । ‘धर्मको राजनीति, जातीय अतिवादप्रति जनता छैनन भन्ने प्रमाणित गरेका छन, प्रतिगामीको योजना चकनाचुर बनेको छ,’ महासचिव पोखरेलले भने ।

यस्तै उनले मुलुकको साँस्कृतिक विविधतालाई यात्राले जोडने काम गरेको पनि बताएका छन् । ‘साँस्कृतिक विविधता एकै पटक पोखियो नेपालको । नेपाल चिनाउने संस्कृतिक आधार छ । आफनो सांस्कृतिक पहिचानसहित एमालेको कार्यक्रममा सहभागी हुने कुरा ऐतिहासिक रह्यो,’ पोखरेलले भने । यस्तै मध्यपहाडमा स्वतःस्फुर्त रुपमा आफनो उत्पादनबारे किसानले परिचय गराउने काम गरेको दावी गरेका थिए ।

महासचिव पोखरेलले १८ दिनको यात्रामै आफूहरु मध्यपहाडी क्षेत्रका जनताका सरोकारहरूलाई संकलन गर्न सफल भएको निश्कर्ष पनि सुनाएको बस्नेतले बताए । यात्राले त्यस क्षेत्रका विकासका कामबारे पनि आफूहरुको सिंगो टीम जानकार भएको वोखरेलको भनाई छ । ‘मध्यपहाडी लोकमार्गलाई राजमार्गको रूपमा बिकास गर्न ध्यान केन्द्रित गर्न साकिएको रहेनछ भन्ने अनुभूति भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।