image
image
प्रभासको ‘सालार’ जबर्जस्त प्रभाव एनिमलमा, ब्यापार १ करोडमा झर्यो

प्रभासको ‘सालार’ जबर्जस्त प्रभाव एनिमलमा, ब्यापार १ करोडमा झर्यो

काठमाडौं । एनिमल’ १ डिसेम्बरमा हलमा रिलिज भएको थियो । फिल्म रिलिज भएको २२ दिन बितिसकेको छ । यति हुँदाहुँदै पनि फिल्मले बक्स अफिसमा दिनहुँ करोडौंको कमाई गरिरहेको थियो । तर अहिले पान इन्डिया अभिनेता प्रभासको फिल्म ‘सलार’ रिलिज भएपछि ‘एनिमल’को खेल सकिदै गएको देखिन्छ । अहिले चलचित्रको व्यापार घट्न थालेको छ । ‘एनिमल’ को ब्यापार माथी ‘सालार’ को प्रभाव प्रस्ट देखिन थालेको छ ।

सैकनिल्कको रिर्पोट अनुसार ‘एनिमल’ले दैनिक सातदेखि १० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै आएको थियो । तर रिलिजको २२ औं दिनमा फिल्मले १.०४ करोड भारतीय रुपैयाँ मात्रै कमाएको छ । यो कलेक्शन फिल्मको रिलिज यताकै कम हो । तर, अब २२ दिनको कमाई सहित फिल्मको कुल कलेक्सन ५३२.३३ करोड पुगेको छ ।

‘सालार’ को कुरा गर्ने हो भने साउथ सुपरस्टार प्रभास फिल्ममा मुख्य भूमिकामा देखिएका छन् । फिल्मले पहिलो दिनमै सय करोडभन्दा बढी कमाई गर्दै यो वर्षकै सर्वाधिक ओपनर बन्ने भएको छ । यो फिल्मको क्रेज हेर्दा अब कुनै पनि फिल्मलाई बक्स अफिसमा टिक्न मुस्किल भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।