image
image
मन्त्री किराँतीको प्रष्टीकरण : बहसका लागि धन्यवाद, सबैको अस्तित्व सम्मान गर्छु

मन्त्री किराँतीको प्रष्टीकरण : बहसका लागि धन्यवाद, सबैको अस्तित्व सम्मान गर्छु

 

काठमाडौं, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रष्टीकरण दिएका छन् । 

बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर संसदीय समितिदेखि सामाजिक सञ्जालमार्फत मन्त्री किराँतीको विरोधसहित मन्त्रीबाट बर्खास्त गरेर कानुनी कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ । 

चौतर्फी आफ्नो अभिव्यक्तिको विरोध भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिँदै मन्त्री किराँतीले आफू सबैको धर्मको अभिभावक रहेको र सबैको अस्तित्वको सम्मान गर्ने बताएका हुन् । 

आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै फेसबुकमा उनले लेखेका छन् :

 बहसको लागि सबैलाई धन्यवाद !
संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो, 
भन्नलाई त मलाई; 
पशुपतिनाथ सफा गर्दा हिन्दु भने,
बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने,
मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,
क्रिश्चियनको कार्यक्रममा जाँदा क्रिश्चियन भने,
फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गराँै । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।