image
image
संस्कृति मन्त्री किराँतीको अभिव्यक्तिको विरोधमा प्रदर्शन हुने

संस्कृति मन्त्री किराँतीको अभिव्यक्तिको विरोधमा प्रदर्शन हुने

काठमाडौं । नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको विवादस्पद अभिव्यक्तिलाइ लिएर काठमाडौंमा विरोध प्रदर्शन गरिने भएको छ । ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन’ भन्ने मन्त्री किराँतीले दिएको अभिव्यक्तिको विरोध गर्दै काठमाडौंमा विरोध प्रदर्शन गर्न लागिएको हो ।

विरोध सभाका एक आयोजक तथा संगत संस्कृतिका संयोजक पुष्पराज पुरूषका अनुसार सो विरोध सभा आज पशुपति विकास कोषको कार्यालय, गौशाला अगाडी आयोजना हुनेछ । उनका अनुसार पुष ५ गते दिनको ठिक २ बजे देखि सो विरोधसभा सुरू हुनेछ ।

सो विरोधसभाका लागि नारा पनि तय गरिएको उनले जानकारी दिएका छन् । जसअनुसार सो विरोध सभामा ‘सुदन किराँती–राजिनामा दे’, ‘पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्ति बन्द गर– बन्द गर, बन्द गर’, ‘धर्म निरपेक्ष मुर्दावाद– मुर्दावाद मुर्दावाद, ‘सनातन हिन्दु राष्ट्र कायम गर– कायम गर ,कायम गर,’ जस्ता नाराहरू तय गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।