image
image
संस्कृतिमन्त्री किराँतीको अभिव्यक्तिप्रति रबि लामिछानेको आपत्ति

संस्कृतिमन्त्री किराँतीको अभिव्यक्तिप्रति रबि लामिछानेको आपत्ति


काठमाडौं । संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको अभिव्यक्तिलाइ लिएर अहिले चौतर्फी बिरोध भइरहेको छ । ‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने संस्कृति मन्त्री किराँतीको अभिव्यक्तिलाइ लिएर अहिले चौतर्फी विरोध भइरहेको हो । यसैबिचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिव्यक्ति फिर्ता लिनुपर्ने तथा तत्काल पदबाट राजिनामा दिनु पर्ने बताएका छन् ।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक,गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।