image
image
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक विहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्न लागेको हो । बैठकका लागि नेताहरू बालुवाटार पुग्दैछन् । राष्ट्रिय सभा सदस्य निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।

यसअघि बुधबारै त्यसबारे छलफल हुने भनिएपनि प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक स्थगित भएको थियो । दाहालको सचिवालयले भने यो आधिकारिक बैठक नभई दाहालले पार्टीभित्र अनौपचारिक छलफलका लागि बैठक राखेका हुन् । बुधबार पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।