image
image
महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि सुरू, चार खेल हुँदै

महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि सुरू, चार खेल हुँदै


काठमाडौं ।  प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी–२०  प्रतियोगिता आजदेखि सुरू हुँदैछ । प्रतियोगिताको पहिलो दिन आज चार खेल हुने भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र मधेश प्रदेश भिड्दैछन्।

खेल बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।त्यस्तै, साढे ९ बजे नै हुने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्दैछन् । खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

आजै तेस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा चौथो खेल कर्णाली र कोशी प्रदेशबीच क्रमशः त्रिवि र मुलपानी मैदानमा हुनेछन् । पुस ६ गते बिहीबारबाट सुरु हुने प्रतियोगिता पहिलो पटक क्यानले राउण्ड रोबिन लिगको आधारमा खेलाउन लागेको हो । आठ टिम सहभागी प्रतियोगिताको तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीबीच ३१ डिसेम्बर अर्थात पुस १६ गते क्वालिफायर १ हुनेछ भने तेस्रो र चौथोमा हुनेबीच इलिमिनेटर हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।