image
image
सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशलाई सुनुवाइ समितिको अनुमोदन

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशलाई सुनुवाइ समितिको अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा प्रस्तावित ६ जनालाई संसदीय सुनुवाई समितिले स्वीकृति दिएको छ । आज न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेललाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो । प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनुवाई समितिको आजको बैठकले प्रस्तावित ६ जना यायाधीशलाई सर्वसम्मतिले अनुमोदित गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

उनले भने, ‘संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम समितिले सुनुवाइ गर्दा प्रस्तावित व्यक्तिहरुको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २६ को उप नियम ५ बमोजिम प्रस्तावित व्यक्तिहरुलाई सर्वोच्च अदालतको न्यायधिशमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय सर्वसम्मतीले पारित भएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।