अनलाइन प्रणालीमा जाँदै आयल निगम
काठमाडौँ २४ चैत । नेपाल आयल निगम अनलाइन प्रणाली 'इन्टरप्राइज रिसोर्स प्लानिङ' (ईआरपी) मा जाने भएको छ । यसका लागि निगमले आगामी वैशाख ३ गतेदेखि असारसम्म परीक्षण गर्ने बताएको छ ।
करिब २५ करोड रुपैयाँको लगानीमा तयार पारिएको उक्त प्रणाली साउनदेखि भने पूर्ण रूपमा कार्यान्वयन गर्ने योजना रहेको बताइएको छ । ईआरपी प्रणाली कार्यान्वयनमा आएपछि पेट्रोलियम पदार्थमा हुने चुहावट, चोरी, ढिलासुस्ती लगायतका विभिन्न कमजोरी समाधान भई सरल,सहज, प्रविधिमैत्री कार्यसम्पादन हुने विश्वास लिएको छ ।
त्यस्तै अनलाईन प्रणालीमा सञ्चालन हुने भएकोले यसबाट जनशक्ति व्यवस्थापन भई खर्च समेत कम हुने निगमको दाबी छ । साथै उक्त प्रणाली लागू भएपछि पेट्रोल पम्प तथा विक्रेताले अनलाइनबाट माग र भुक्तानी गर्न सक्नेछन् ।
यस प्रणाली सफ्टवेयरबाट सञ्चालन हुने भएकोले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोड,अनलोड तथा रुटको अनलाईन अनुगमन व्यवस्थीत तथा वैज्ञानिक ढङ्गबाट गरीने प्रवक्ता उपाध्यायको भनाई छ । यसबाट नेपालको पेट्रोलियम क्षेत्रका सबै समस्या समाधान हुने र व्यवस्थीत एवम् वैज्ञानिक ढङ्गबाट काम अगाडी बढ्ने दाबी गरीएको छ ।