image
image
कांग्रेसको गण्डकी सम्मेलन आज आज हुँदै, देउवासहित नेताहरूले सम्बोधन गर्ने

कांग्रेसको गण्डकी सम्मेलन आज आज हुँदै, देउवासहित नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलन आज हुँदैछ । संघीयतामा गइसकेपछि १४ औँ महाधिवेशनबाट गठन भएको पार्टीको गण्डकी प्रदेश कार्यसमितिले पहिलो प्रदेशस्तरीय सम्मेलन गर्न लागेको हो ।

मंगलबार पोखरा सभागृहमा हुने सम्मेलनको कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनलाई कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा प्रदेश कार्यसमितिसहित प्रदेशभरिका जिल्लाबाट पाँच सय जना प्रतिनिधिहरू सहभागी हुने प्रदेश सभापति शुक्रराज शर्माले बताए । कांग्रेसले केन्द्रमा महासमिति बैठक हुनुभन्दा अघि प्रदेश र जिल्लाहरूलाई सम्मेलन गरिसक्न परिपत्र गरेको छ । यसअघि लुम्बिनी प्रदेशले सबैभन्दा पहिले प्रदेश सम्मेलन आयोजना गरेको थियो ।कांग्रेसले आगामी फागुन ७ देखि ९ गतेसम्म महासमिति बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।