image
image
आज समापन हुँर्दै एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्रा

आज समापन हुँर्दै एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्रा


काठमाडौं । नेकपा एमाले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको ‘समृद्धि संकल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ । सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय भन्ने नाराका साथ १८ दिन दिनअघि मध्यपहाडी राजमार्गमा सुरु गरेको पदयात्रा आज समापन हुन लागेको हो ।

शनिवार पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट चिवाभञ्ज्याङ जान लागेका पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । प्रवक्ता गौतमका अनुसार, फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनेछन्।

३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिए।मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न एमाललेले पदयात्रा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।