image
image
अब कुनै पनि नागरिकले उपचार नपाएर मर्नुपर्ने अवस्था आउँदैन : प्रधानमन्त्री प्रचण्ड

अब कुनै पनि नागरिकले उपचार नपाएर मर्नुपर्ने अवस्था आउँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट बनेको नेपालको संविधानले आम नेपाली जनतालाई सार्वभौम बनाएको प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ले बताएका छन् । शनिवार मकवानपुरको हेटौडामा मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालल नेपालको संविधान २०७२ अघि कहिल्लै पनि जनतालाई सार्वभौम भनेर घोषणा नगरिएको बताए ।

‘हामीले धेरै लामो संघर्ष, त्याग र बलिदानबाट संविधान सभाबाट नयाँ संविधान बनायौं । यो संविधानले आम नेपाली जनतालाई सार्वभौम बनाएको छ,’ उनले भने , ‘नेपालको इतिहासमा कहिल्लै पनि जनता सार्वभौम भनेर संविधानको घोषणाको आधिकारिक मानिएको थिएन ।’ उनले संविधानमा उल्लेख गरिएका मौलिक हकहरुले व्यवहारिक रुप पाएको भन्दै अब कुनै पनि नागरिकले उपचार नपाएर मर्नुपर्ने अवस्था नआउने दाबी गरे । उनले भने, ‘कसैले आर्थिक समस्याका कारण शिक्षा, स्वास्थ्य आदिबाट बञ्चित हुनुपर्दैन । उपचार नपाएर कोही मर्नु पर्दैन । त्यसको जिम्मा राज्यले लिन्छ । यो युगान्तकारी कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।