image
image
मध्यपहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको छ : महासचिव पोखरेल

मध्यपहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको छ : महासचिव पोखरेल


काठमाडौं । मध्यपहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्रामा रहेको एमालेका महासचिव पोखरेलले मध्यपहाडमा एमालेलाई जनताको अपार समर्थन प्राप्त भएको बताए ।

आज विहान भोजपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लोकमार्गको पूर्वपश्चिम यात्राका क्रममा मध्यपहाडको समस्या, सम्भावना र अवसरहरूलाई नजिकबाट नियाल्ने काम भएको उल्लेख गरेका छन् । एमालेको संकल्प यात्राले जनतामा फैलिएको निराशालाई आशामा बदल्न सहयोग पुगेको भन्दै उनले यात्राले समाजमा फैलिएको नकारात्मक मनोविज्ञानलाई चिर्न र गलत प्रवृत्तिलाई पाखा लगाउन समेत सहयोग पु¥याएको दाबी गरे ।

उनले मध्यपहाडमा आर्थिक विकास र संमृद्धिको ठूलो सम्भावना कायम रहेको बताए । ‘मध्यपहाडमा पूर्वाधारको विकास र बसाईसराईंको प्रवृत्ति जसरी बढ्दो छ, यसलाई कसरी रोक्न सकिन्छ भनेर बुझ्न चाहेका थियौँ,’ पोखरेलले भने, ‘यति यात्रा गरिसकेपछि हामी मध्यपहाडी लोकमार्ग भविष्यमा नेपालको संमृद्धिको आधार बन्नसक्छ भन्ने निष्कर्षमा पुगेका छौं । मध्यपहाडमा अझैपनि सम्भावना टरिसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।