image
image
सरकार लगानीकर्ताको चाहाना बमोजिमको वातावरण बनाउन तयार छ : अर्थमन्त्री महत

सरकार लगानीकर्ताको चाहाना बमोजिमको वातावरण बनाउन तयार छ : अर्थमन्त्री महत

काठमाडौं । लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बताएका छन् । आज अर्थमन्त्रालयमा आयोजित तेस्रो लगानी शिखर सम्मेलनबारे सरोकारवालासँगको परामर्श बैठकमा उनले सरकार लगानीकर्ताको चाहाना बमोजिमको वातावरण बनाउन तयार रहेको बताएका हुन् । 

लगानीकर्तालाई आर्कषण गर्न लगानीको वातावरणमात्रै नभएर उनीहरुको लगानीको सुरक्षा र प्रतिफलको समेत ग्यारेन्टी हुुनुपर्ने कुरामा सरकार गम्भीर रहेको बताए । मुख्य गरी पर्यटन, कृषि तथा सूचना प्रविधिक्षेत्रमा लगानी भित्र्याउन सरकारले प्रयास गरिरहेको उनले बताए । सो अवसरमा सरोकारवालाले सरकारले गर्नु पर्ने तयारी र कामबारे प्रष्ट रुपमा सुझाव दिन आग्रह गरेका थिए । सरकार सो सम्मेलनअघि नै आवश्यक आधारभूत तयारी गर्न तयार रहेको पनि प्रष्ट पारे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।