image
image
सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशमाथिको सुनुवाइ मङ्सिर २९ गते हुँने

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशमाथिको सुनुवाइ मङ्सिर २९ गते हुँने


काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशमाथि आउँदो मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने भएको छ । आइतबार बसेको संसदीय सुनुवाइ समितिमा १० जना उजुरीकर्तासँगको छलफलपछि समितिले २९ गतेका सुनुवाईको मिति तोकेको हो । 

सुनुवाइ समितिमा ज्येष्ठ सदस्यको रूपमा सभापतिको भूमिकामा रहेका ज्ञानेन्द्रबहादुर कार्कीले सुनुवाइ समितिको बैठक मङ्सिर १९ गते बस्ने जानकारी दिएका हुन् । उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गरेको समितिले आज उनीहरुले प्रस्तावित सर्वोच्चका न्यायाधीश विरुद्ध उजुरी गर्नुको कारण र आधार मागेको छ । 

समिति सदस्यहरुले उजुरीकर्ताले उठाएका विषयमा जवाफ मागेका थिए । बैठकमा नेकपा एमालेका सचेतक महेश बड्र्तौलाले, समितिमा उजुरी पर्नु राम्रो भएको भन्दै उजुरी नियोजित र पदीय दुरुपयोगको मनसायबाट थियो की थिएन महत्वपूर्ण कुरा भएको  बताए । उनीले कानूनमै फैसलाको पुनरावलोकन व्यवस्था भएकोले पदीय दुरुपयोगको आधार प्रष्ट गर्न उजुरीकर्ताहरुलाई आग्रह गरे । 

सर्वोच्चमा प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरुद्ध सबैभन्दा धेरै ५ वटा उजुरी परेको छ । यस्तै टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमान विरुद्ध १ वटा उजुरी परेको छ । अन्य प्रस्तावित न्यायाधीशहरू सुनील पोखरेल, महेश शर्मा पौड्याल र बालकृष्ण ढकालविरुद्ध भने उजुरी परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।