image
image
केही समुह समाजमा नकरात्मक भावना जगाउने खेलमा लागेका छन् : प्रधानमन्त्री प्रचण्ड

केही समुह समाजमा नकरात्मक भावना जगाउने खेलमा लागेका छन् : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । केही समुह समाजमा नकरात्मक भावना जगाउने खेलमा लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले केही महत्वपूर्ण कामको गरिरहेको भएपनि समाजमा त्यसविरुद्ध प्रचारबाजी गर्ने र समाजमा नकरात्मक भावना पैदा गर्ने काम भइरहेको उल्लेख गरेका छन् ।

‘समाजमा हरेक कुरामा नकारात्मकता र नकारात्मक सोच बनाउने जुन प्रयास एकथरि मान्छेहरुले गरेका छन् त्यसबाट देशले कहिले प्रगती गर्दैन् । त्यो ओरालो यात्रा मात्रै हुनेछ । आशा उत्पन्न गर्नु आजको एउटा चुनौती पूर्ण दायित्व पनि भएको महशुस गरेको छु ।’ उनले भने ‘आशाविना कुनै पनि राष्ट्रले विकास गर्न सक्दैन् । हामीसँग भएका सकारात्मक सम्भावना हेरेर आशा जगाउने तर्फ सबै लाग्ने हो भने नेपाल धेरै सम्भावना छ । ’

त्यस्तै उनले व्यवसायीक जिम्मेवारीबाट माथि उठेर काम गर्न लगानीकर्तालाई आग्रह गरे । ‘नेपालभित्र भएका व्यवसायीहरुले एउटा जिम्मेवार व्यवसायको मात्रै कुरा नगरेर यो जिम्मेवारीबोध व्यवसाय, राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत हरेक क्षेत्रमा जिम्मेवारीबोधको अनुभूती गराउँनु आजको निकै ठूलो आवश्यकता बन्न गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।