image
image
जाजरकोट भूकम्पः पीडितको आवास निर्माणलाई तीव्रता दिइएको छः कांग्रेस

जाजरकोट भूकम्पः पीडितको आवास निर्माणलाई तीव्रता दिइएको छः कांग्रेस

 

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास (घर–टहरा) पुनर्निमाणको कार्यलाई तीव्रता दिएको जनाएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पबाट प्रभावित बस्तीहरुमा एक हजार घर टहरा निर्माण गर्ने घोषणाअनुसार टहरा निर्माण कार्य तीव्र बनाइएको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडा नम्बर ४ पुरानो गाउँमा गौनी विकको घरबाट निर्माण कार्य सुरु गरेको उल्लेख गर्दै तीन स्थानमा घर–टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको विश्वकर्माले जानकारी दिए ।

यसअघि कांग्रेस नेता एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले पीडितका लागि सयवटा अस्थायी आवास निर्माण सम्पन्न गरिसेको छ र कांग्रेसले इन्जिनियर, डकर्मीसहित सम्मिलित २५ वटा टोली भूकम्प प्रभावित दुई जिल्लाका विभिन्न क्षेत्रमा परिचालन गरेको छ ।

जाजरकोट भुकम्प पीडितका लागि एक हजार अस्थायी आवास निर्माण अभियान जारी रहेको विश्वकर्माले जनाए । गत कात्तिक १७ गते मध्यराति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १ सय ५४ जनाको मृत्यु भएको थियो । सयौं घाइते भएका थिए । हजारौं घरमा क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।