image
image
लोकतान्त्रिक र कानूनी व्यवस्थाबिना हिंसा अन्त्य गर्न सकिँदैनः अर्थमन्त्रीमन्त्री महत

लोकतान्त्रिक र कानूनी व्यवस्थाबिना हिंसा अन्त्य गर्न सकिँदैनः अर्थमन्त्रीमन्त्री महत

 

काठमाडौं । लोकतान्त्रिक व्यवस्थाबिना हिंसा अन्त्य गर्न नसकिने अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्था र कानूनी व्यवस्थाबिना हिंसा अन्त्य गर्न नसकिने बताएका हुन् ।

‘यहीकारण हामीले लोकतन्त्र स्थापनाको आन्दोलनलाई उच्च महत्व दियौं । त्यो नभइकन कुनै पनि कमजोर वर्ग, समूह, क्षेत्रको विरुद्ध हिंसा कम गर्न सक्दैनौं’ महतले भने, ‘महिला विरुद्धको हिंसा पनि कम गर्न सक्दैनौं ।’

अधिकार, लोकतन्त्र, रोजाईको अधिकार, कतै शोषण भयो भने त्यसलाई कानूनले निषेध गर्ने, सजाय सुनिश्चित गर्ने भन्दै उनले लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने कुनै पनि प्रवृत्तिले महिला विरुद्धको हिंसा कम गर्न नसक्ने बताए ।

‘लोकतान्त्रिक व्यवस्थामा मात्रै कमजोरमाथि हुने हिंसा कम हुन्छ’ उनले भने ।महिला हिंसा समाप्त पार्न गैरसरकारी तहमा विभिन्न संघ संस्थाहरु लागिरहेको भन्दै मन्त्री महताले यसमा उनीहरुको ठूलो भूमिका हुने उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।