image
image
जनताका लागि आवाज उठाउँदा आफ्नै घरमा नजरबन्द हुनुपरेको छ :  दुर्गा प्रसाईं

जनताका लागि आवाज उठाउँदा आफ्नै घरमा नजरबन्द हुनुपरेको छ :  दुर्गा प्रसाईं


काठमाडौं । विभिन्न माग राखेर बिहीबार राजधानीकेन्द्रित प्रदर्शनको अगुवाइ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जनताका लागि आवाज उठाउँदा आफ्नै घरमा नजरबन्द हुनुपरेको बताएका छन् ।

आज भक्तपुरको ठिमीस्थित आफ्नो घरमा पत्रकार सम्मेलन गर्दै उनले आफू गणतन्त्र विरोधी नभएर व्यवस्था र गलत आचरणको विरोधी रहेको भन्दै जनताको लागि आवाज उठाउँदा आफ्नै घरमा नजरबन्द हुनुपरेको गुनासो गरे । उनको घर वरिपरि ठूलो संख्यामा प्रहरी तैनाथ छन् । उनलाई बाहिर निस्कन दिइएको छैन । आफूलाई नजरबन्द गरेर सरकारले जनताको आवाज थुन्न खोजेको बताएका हुन् ।

हामी गणतन्त्र विरोधी होइन । व्यवस्था, यिनीहरुको आचरण विरोधी हौं । मैले कसैको घरबार गरिबहरुको घर जग्गा लुटियो यस्तो नगरिदेउन भन्दा आज म हाउस अरेस्ट हुनुप¥यो,’ उनले भने, ‘मलाई पक्रिने हाम्रा नागरिक जोगाउन आएका साथीहरुलाई पक्रिने ? मलाइ यसरी पक्राउ गर्छन् भने ठिक छ मलाई कुनै आपत्ति छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोग गर्दासम्म आफूलाई छोरो माने पनि आज जनताको पक्षमा बोल्दा आफूलाई पक्राउ गरिएको उनले बताए । उनले सैनिक हिरासतको कठोर यातना भोगेको स्मरण गर्दै जनताको पक्षमा आवाज उठाउँदा प्रहरीको यातना भोग्न पनि तयार रहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।