image
image
भारत र क्यानडाको सम्बन्धमा सुधार, दुई महिनापछि ई–भिसा सेवा सुरु

भारत र क्यानडाको सम्बन्धमा सुधार, दुई महिनापछि ई–भिसा सेवा सुरु


काठमाडौं । करिब दुई महिनापछि भारतले क्यानाडाका नागरिकका लागि ई–भिसा सेवा पुनस्र्थापित गरेको छ । क्यानडाका मानिसहरु अब भारत आउन सक्नेछन् । भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले अहिले क्यानडास्थित भारतीय दूतावास र त्यसमा काम गर्ने अधिकारी तथा कर्मचारीलाई खतरा कम भएको बताउँदै ई–भिसा दिने काम सुरु भएको जानकारी दिए । क्यानडा र भारतका बीचमा दुई महिनाअघि सम्बन्धमा कटुता आउँदा ई–भिसामा पनि प्रतिबन्ध लगाइएको थियो ।

क्यानडामा व्याप्त परिस्थितिमा भारतीय कूटनीतिज्ञहरूलाई काम गर्न गाह्रो भएकाले पनि भारत सरकारले त्यतिबेला कठोर निर्णय लिनुपरेको पनि परराष्ट्र मन्त्री जयशंकरले प्रष्टीकरण दिएका छन् ।ई–भिसाको नियम साधारण राहदानी लिएकाहरुका लागि हो । अन्यले भौतिक अर्थात् कागजी भिसाको लागि आवेदन दिनु पर्नेछ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा हरदीप सिंह निज्जर हत्या प्रकरणमा भारतीय एजेन्सीको हात रहेको बताएका थिए । उनको उक्त भनाइपछि दुई देश बीचको सम्बन्ध चिसिएको थियो । एक भारतीय नागरिकलाई क्यानडा छोड्न आदेश दिएपछि कूटनीतिक सम्बन्ध थप बिग्रिएको थियो ।भारत सरकारले ट्रुडो सरकारको यो निर्णयको बदला लिँदै क्यानाडेली नागरिकलाई भारत छोड्न आदेश दिएको थियो ।

ई–भिसामा प्रतिबन्ध पनि ती चरणहरूमध्ये एक थियो । खालिस्तान समर्थक हरदीप सिंह निज्जरलाई जुन २०२३ मा सरेमा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।