image
image
बल्खु र तीनकुनेका प्रदर्शनस्थलमा सञ्चार सम्पर्क विच्छेद

बल्खु र तीनकुनेका प्रदर्शनस्थलमा सञ्चार सम्पर्क विच्छेद


काठमाडौं । उपत्यकाका दुई स्थानमा प्रहरीले मोबाइल नेटवर्क नियन्त्रणका लागि जामर भेहिकल सञ्चालन गरेको छ । बल्खु र तीनकुनेमा जामर सञ्चालनमा ल्याएको हो ।बिहीबार बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शन छ भने राजधानीको तीनकुनेमा युवा संघको प्रदर्शन छ । दुवै प्रदर्शनमा आवश्यकताअनुसार सहभागीका मोबाइल फोनको नेटवर्क नियन्त्रणका लागि प्रहरीले जामर भेहिकल तैनाथ गरेको हो । 

मोबाइलको नेटवर्क विच्छेद गराउन सो प्रविधिको प्रयोग गर्ने गरिन्छ । मेडिकल व्यवसायी प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन बल्खुमा छ । उता तीनकुनेमा एमाले भ्रातृ संगठन युवा संघको प्रदर्शन छ ।  

प्रहरीले जामर प्रविधि चलाएसँगै दुवै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।दुई भिन्न समूहले आयोजना गरेको शक्ति प्रदर्शनमा हिंसा भड्किन नदिन प्रहरीले कडा सुरक्षा प्रबन्ध गरेको छ । तर, कलंकीबाट बल्खु हुँदै तीनकुनेको कार्यक्रम स्थलमा मोटरसाइकल ¥याली निकालेर जान लागेको युवा संघको ¥यालीलाई प्रसाईं नेतृत्वको समूहले विथोल्न खोज्दा दुई पक्षबीच झडप भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।