image
image
बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच झडप

बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच झडप

काठमाडौं ।  दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले  बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवासंघका कार्यकर्ता पुगेपछि झडप भएको छ । कालिमाटीतर्फबाट तीनकुने जान लागेका युवासंघका कार्यकर्ता बल्खुस्थित पुलमा पुगेपछि दुई समूहको बिचमा ढुङ्गा हानाहान भएको हो । 

युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थक बिच मुठभेड भएसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्न भनेको छ । दुई पक्षको बिचमा ढुङ्गा हानाहान हुँदा केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।