image
image
राष्ट्रिय हितलाई तिलाञ्जली दिएर मात्र छिमेकीसँग सम्बन्ध सुमधुर हुँदैन : अध्यक्ष ओली

राष्ट्रिय हितलाई तिलाञ्जली दिएर मात्र छिमेकीसँग सम्बन्ध सुमधुर हुँदैन : अध्यक्ष ओली

 

काठमाडौं । राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध नहुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । आज पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले छिमेकी मुलुकको संवेदनशीलता बुझेको भन्दै सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर एवं राष्ट्रिय हितलाई तिलाञ्जली दिएर मात्र नहुने बताएका हुन् ।

उनले भने, ‘हामीले हाम्रा छिमेकीहरुका संवेदनशीलता बुझेका छौं । हामी छिमेकीसँग झगडा गर्न चाहँदैनौं । सुमधुर सम्बन्ध चाहन्छौं । तर आत्मसमर्पण गरेर, राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, घुँडा टेकेर स्वाभिमान छोडेर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुने होइन । मन कुँड्याएर र हेपिएको बोध गरेर सम्बन्ध सुदृढ हुने होइन ।’

अध्यक्ष ओलीले देशको सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतामाथि प्रहार भइरहँदा त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको आरोप लगाए ।उनले भने, ‘हाम्रो देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता जुन गर्वको कुरा हो, त्यो स्वभाविमानमाथि प्रहार भएको छ । त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको छ । बहुत गम्भीर र देशका लागि खतरनाक कुरा यही छ ।’

उनले एमालेले हिंसाको बाटो नभई शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँडेर जनताको बल प्रयोग गर्ने बताए ।मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्पयात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ ।

आन्दोलनका केही सर्त रहेको भन्दै ओलीले भने, ‘हामी हिंसाको बाटो हिँड्दैनौं । शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँड्छौं । जनताको बल प्रयोग गर्ने भनेका छौं, हिंसाको बाटोबाट होइन ।’त्यसपछि नेतृत्वको विभिन्न तहमा छलफल गर्ने अनि एउटा सही र सर्वसम्मत निष्कर्षका साथ मैदानमा उत्रिने ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।