image
image
साहित्यकार तथा गीतकार सरलाको ‘ए मेरो मनको राजा’ गीत सार्वजनिक

साहित्यकार तथा गीतकार सरलाको ‘ए मेरो मनको राजा’ गीत सार्वजनिक


काठमाडौं । साहित्यकार तथा गीतकार सरला श्रेष्ठद्वारा रचित ‘ए मेरो मनको राजा’ गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा गीतकार संघ नेपालद्वारा आयोजित कार्यक्रमकाबीच ‘ए मेरो मनको राजा’ गीतको सार्वजनिक गरिएको हो । यसै अवसरमा शारदा मासिक ९विशेषाङ्क सरला श्रेष्ठका गीतहरु० पनि लोकार्पण गरियो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक भएकोमा शुभकामना दिँदै आफू पनि लेखनमा रुचि राख्ने व्यक्ति भएको बताए । गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले गीत सङ्गीतको क्षेत्रलाई लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए । उनले भने, ‘लगानी पनि सुनिश्चित गर्नुपर्छ भनेर हामी उद्यमीहरु संस्थागत हिसाबले उद्योगको रुपमा स्थापित हुनुपर्छ भनेर गीत सङ्गीतको क्षेत्रलाई अगाडि बढाइरहेका छौं ।’

करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५ सालभन्दा अघिदेखि साहित्य–सिर्जनाको क्षेत्रमा चलाउन थालेको कलम आज पनि निरन्तर अघि बढिरहेको छ । यसपटक केही महिनाका लागि स्वदेश आएको मौका पारेर साहित्यकार श्रेष्ठद्वारा केही ऐतिहासिक कार्यहरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।