image
image
उरुग्वे विश्वकप छनोट तालिकाको शीर्ष स्थानमा उक्लियो

उरुग्वे विश्वकप छनोट तालिकाको शीर्ष स्थानमा उक्लियो


काठमाडौं । उरुग्वे विश्वकप छनोट तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आज बिहान बोलिभियालाई ३–० गोल अन्तरले पराजित गर्दै आफूलाई तालिकाको शीर्ष स्थानमा उकालेको हो । उत्तर अमेरिकी महाद्वीपबाट विश्वकपमा सिधै ६ राष्ट्रले स्थान बनाउँछन् ।

जसमा उरुग्वे अहिले ६ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । उरुग्वेलाई जिताउन डार्विन ग्याब्रिएल नुनेजले २ गोल गर्दा एक गोल भने उपहार पाएको थियो ।१५ औं मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा बोलिभियाका ग्याब्रिएल भिलामिलले आफ्नै पोस्टमा गोल गरेपछि उरुग्वेले अग्रता दोब्बर बनायो । ७१ औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दा उरुग्वेले ३–० को सहज जित निकालेको छ । यसैगरी इक्वेडरले चिलीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

इक्वेडरको जितमा एन्जल मेनाले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । इक्वेडर ६ खेलबाट ८ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ । यस्तै, कोलम्बियाले पराग्वेलाई १–० गोल अन्तरले स्तब्ध बनाएको छ । कोलम्बियाका राफेल सान्टोसले ११ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै स्पष्ट ३ अंक लिएको हो । कोलम्यिबाले ६ खेलमा १२ अंक जोड्दै आफूलाई तालिकाको तेस्रो स्थानमा राखेको छ भने पराजित भएको पाराग्वे सातौं स्थनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।