image
image
वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि बोर्डद्वारा आवेदन आव्हान

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि बोर्डद्वारा आवेदन आव्हान


काठमाडौं । वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयले आवेदन माग गरिएको छ । बोर्डले सूचना जारी गर्दै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रूपमा अशक्त वा गम्भीर बिरामी भएका श्रमिकको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्वप्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म) पढ्ने १८ वर्षसम्मका बालबालिकाले उक्त छात्रवृत्ति दाबी गर्न सक्ने छन् ।बोर्डका अनुसार वार्षिक रूपमा आधारभूत तहका लागि १२ हजार रुपियाँ र माध्यमिक तहका लागि १६ हजार रुपियाँ छात्रवृत्ति पाइने छ । एक जना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रूपमा एकमुस्ट छात्रवृत्ति उपलब्ध गराइने छ ।

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा अङ्गभङ्ग भएर फर्किएका श्रमिकका छोराछोरी शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ । बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालका अनुसार वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची १ बमोजिम आगामी पुस ८ भित्र निवेदन दिन सूचना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।