image
image
दुर्गा प्रसाईंको आन्दोलनका लागि डेढ लाख समर्थक काठमाडौं आइसकेको दाबी

दुर्गा प्रसाईंको आन्दोलनका लागि डेढ लाख समर्थक काठमाडौं आइसकेको दाबी

काठमाडौं । आफूहरुको विरोध कार्यक्रमका लागि काठमाडौं बाहिरबाट डेढ लाख समर्थक आइसकेको ‘राष्ट,« राष्ट्रियता र धर्म संस्कृति नागरिक बचाउ महाअभियान’ ले दाबी गरेको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यलले डेढ लाख मान्छे काठमाडौं आइसकेको जानकारी दिँदै न्यूनतम ७ लाख मान्छे जम्मा हुने दाबी गरे ।

उनले भने, ‘मंसिर ७ गतेको आन्दोलनका लागि डेढ लाख मान्छे आइसकेको अवस्था छ । भोलि र पर्सिमा थप डेढ लाख आउँछन् । काठमाडौंमा ४–५ लाख मानिस तयारी भएर बसेको अवस्था छ ।’ आन्दोलनमा न्यूनतम ६–७ लाख मान्छे जुट्ने माण्डव्यले बताए ।

त्यस्तै उनले सोही दिन कीर्तिपुर, कलंकी र गोंगबुबाट पनि जुलुसहरू आउने र मध्याह्न १२ बजे बल्खु चोकमा भेला भएर कोणसभा गरिने बताए । कोणसभालाई दुर्गा प्रसाईंलगायतले सम्बोधन गर्नेछन् ।काठमाडौं आएकाहरूलाई आफूहरुले होटल, बैंक्वेट र धर्मशालामा राख्न खोज्दा सुरक्षा निकायले अवरोध गरिरहेको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।