image
image
फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदै

फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा यमनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल साँझ ७ बजे दशरथ रंगशालामा सुरु गर्ने जनाएको छ ।

फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ । तर आज घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ ।नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेमा चारवटै खेलमा हार व्यहोरेको छ ।

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको आग्रहमा एन्फाले खेललाई साँझ ७ बजे सञ्चालन गर्ने लागेको जनाएको छ । सोमबार प्रशिक्षक अनेसेले ७ बजे खेल सुरु गर्दा कार्यालय समय सकेपछि घरेलु दर्शकको समर्थन नेपाली टोलीलाई हुने भन्दै समर्थनको लागि दर्शकलाई रंगशालामा आगन आग्रह गरे ।

यता, मंगलबारको लागि एन्फाले साँझ ७ बजे खेल राखेसँगै समर्थकहरुलाई घर फर्कन निशुल्क बसको व्यवस्था पनि गरेको छ । यसका लागि टिकटको अर्धकट्टी भने देखाउनुपर्नेछ । दर्शकहरुको सुविधाका लागि उपत्यकाको विभिन्न ठाउँमा बसको व्यवस्था गरिएको प्रतियोगिता संयोजक दीपक खतिवडाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।