image
image
वर्तमान सरकार प्रजातन्त्र स्थापनापछि कै सबैभन्दा साहसिक : पर्यटनमन्त्री किराती

वर्तमान सरकार प्रजातन्त्र स्थापनापछि कै सबैभन्दा साहसिक : पर्यटनमन्त्री किराती


काठमाडौं । वर्तमान सरकार प्रजातन्त्र स्थापनापछि कै सबैभन्दा साहसिक भएको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले दाबी गरेका छन् । भक्तपुरमा नेपाल संवत् ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी, मिटरव्याजीलगायतका साहसिक काम सरकारले गरेको बताएका छन् ।

उनले भने, ‘प्रजातन्त्रपछिको कयौं सरकारहरुले यति सहासीक काम गरेको थिएन । मिटरव्याजीको कुरा होस् । चाहे भुटानी शरणार्थीको कुरा होस् । चाहे बालुवाटारको जग्गा बेचेर खाने देशघातिहरुको कुरा होस् । चाहे जनताको छोराछोरीले प्राप्त गर्न नसकेर भौतारिएको नागरिकताको कुरा होस् । यी सबै प्रचण्ड सरकारले गरेको हो र काम सुरु भएको छ ।’

मन्त्री किरातीले जति राम्रो काम गरेपनि त्यसलाई नकरात्मक ढंगले प्रस्तुत गर्ने गरिएको उनको भनाई छ । ‘यदी हामीले दुध र पानी छुट्टयाउन सकिएन भने इतिहासदेखि अहिलेसम्म भोगिरहेको नियती फेरीपनि हामीले भोगि राख्नु पर्छ । जसरी पनि खोट लगाउने हाम्रो संस्कति बनेको छ । यो अचम्मको कुरा छ । ’ उनले भने ‘परिवर्तनको रक्षा, सम्वृद्धिको नेतृत्व प्रचण्डबाट सम्भव छ भन्ने मलाई लाग्छ किनभने युद्ध र शान्तिको नेतृत्व उहाँले गर्नु भो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।